स्याङ्जा । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइवर टू द होम–एफटीटीएच सेवाको विस्तार सुरु गरेको छ भने गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटीटीएचमय भई कपर फ्रि नेटवर्क बनेको छ ।
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरूको महसुलमा साउन १ गतेदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आइतबार (आज)देखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो।
काठमाडौं । यस वर्षको विम्बल्डन समापन हुँदै गर्दा, द अल इङ्गल्याण्ड लन टेनिस क्लब र ओप्पो (लगातार चौथो वर्ष विम्बल्डनको ग्लोबल पार्टनर) ले पन्ध्र दिनमा खेलकुदको उत्कृष्टतालाई मान्यता दिएका छन् ।
मेटाले फेसबुक प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । अब प्रयोगकर्ताले एउटै फेसबुक खाताबाट बढीमा ५ वटा प्रोफाइल बनाउन सक्नेछन् । फेसबुकको यो नयाँ फिचर अहिले परीक्षणमा छ ।
काठमाडौं । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ । यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ छन् ।