काठमाडौं । एनएलजी इन्स्योरेन्सले असोज ८ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश सम्बन्धी कुनै प्रस्ताव नभएको उक्त सभा आर्थिक वर्ष २०७४∕७५ को वार्षिक प्रतिवदेन पारितका लागि बोलाइएको हो ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) स्थापनाको १८औं वार्षिकोत्सव मनायो । देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ । एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो व्यवसाय शुरु गरेको थियो ।
काठमाडौं । किसान माइक्रोफाइनान्सले २४ प्रतिशत बोनस शेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सलाई हकप्रद शेयर निष्काशन गर्न कडाइ गर्दै गर्दा संस्थाले बम्पर बोनस शेयर दिने भएको हो ।
काठमाडौं । बीमा समितिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीलाई बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन सहमति दिएको छ । साथै, समितिले कम्पनीलाई तत्काल विशेष साधारणसभा गरी बोनस सेयर वितरण गर्न बाटो पनि खुला गरिदिएको छ ।
काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको नाफाबाट प्रति शेयर ७७० रुपैयाँ नगद बाँड्ने निर्णय गरेको छ । कम्पनीले गत बर्ष ७०० रुपैयाँ नगद लाभांस घोषणा गरेको थियो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको भदौ ११ गते बसेको संचालक समितिले गत आर्थिक बर्ष २०७५∕७६ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
काठमाडौं । एनआईसी एसिया बैंकले असोज १० गते साधारणसभा गर्ने भएको छ । दसैंअघि नै बैंकले १० प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांस बितरण गर्ने भएको छ ।
काठमाडौं । अब ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खुलेको छ । धितोपत्र बोर्डले बिहीबार निर्देशन जारी गर्दै मार्जिन कारोबार गर्न मिल्ने केन्द्रिय निक्षेप सेवा विनियमावलीको पाँचौं संशोधनलाई स्वीकृति दिएको छ ।
काठमाडौं । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ९२ लाख ३२१ दशमलव ६२ कित्ता शेयर सूचिकृत भएको छ ।