चौतारी लघुवित्तको आईपीओ मंसिर १९ गतेदेखि खुल्दै | सर्वसाधारणले ५० देखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले यही मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले चुक्ता पूँजीको ६ करोड रुपैयाँबराबरका ६ लाख कित्ता साधारण शेयर जारी गर्न गत कात्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको हो ।
