काठमाडौं। नेपाल धितोपत्र बोर्डले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडलाई आइपिओ निष्काशनका लागि अनुमति दिएको छ। बोर्डले एनआरएन इन्फ्रास्ट्रचरलाई बैशाख ४ गते भित्र आइपिओ निष्काशन गर्न अनुमति दिएको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबारको कारोबारमा नयाँ रेकर्ड बनेपछि अनलाइन कारोबारलाई श्रेय दिएको छ । शेयर बजारको इतिहासमै सर्वाधिक रकमको कारोबार भएको भन्दै नेप्सेले अनलाइन शेयर कारोबार प्रणालीलाई श्रेय दिएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि शेयर बजारको प्राथमिक बजारमा बुक बिल्डिङ्ग विधि लागू गरेको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली, २०७६ जारी गरी बुक बिल्डिङ्ग बिधिको सुरुवात गर्ने भएको हो ।
काठमाडौं । नेपाली शेयरबजारमा स्टक डिलरको रूपमा काम गर्ने उदेश्यले नागरिक लगानी कोषले पाँच अर्ब पूँजी रहेको छुट्टै कम्पनी दर्ता गराएको छ । सर्बसाधारणलाइ समेत साधारण शेयर जारी गर्ने गरी स्टक डिलरको काम गर्न बुधवार कम्पनी रजिष्टारको कार्यालयमा उसले ’नागरिक स्टक डिलर’ नामक कम्पनी दर्ता गराएको हो ।
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७ करोड ९९ लाख रुपैयाँ बढी कमाएको हो ।
काठमाडौं । कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN) नेपालले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। एलआईसी नेपालले आफ्नो कम्पनीबारे भ्रामक समाचारहरुको खण्डन गर्दै आर्थिक वर्ष २०७६/७७ को पुष मसान्तसम्ममा सो बराबरको कुल बीमाशुल्क आर्जन गरेको जनाएको हो ।
काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकले चालू आवको दोस्रो त्रैमाससम्म रू. ८ करोड ३५ लाख ३ हजार खुद नाफा गरेको छ । यो नाफा गत आवको यसै अवधिमा रू. ६ करोड ६९ लाख १० हजार थियो । गत वर्षको ६ महिनामा भन्दा यस वर्षको ६ महिनामा कम्पनीको नाफा २४ दशमलव ८० प्रतिशत बढी भएको हो ।