आँधिखोला लघुवित्तले चार लाख कित्ता आइपीओ जारी गर्ने |
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । प्रति शेयर एक सय रुपैयाँ अंकित दरले सस्थाले आइपीओ जारी गर्नेछ । जसका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
