काठमाडौं । शेयर बजारलाई उकास्न भन्दै लगानीकर्ताहरुले धितोपत्र बोर्डसँग २० बुँदे माग गरेका छन् । आगामी बजेट तथा मौद्रिक नीतिमार्फत् सम्बोधन गर्नुपर्ने भन्दै पुँजीबजारमा क्रियाशील ४ वटा लगानीकर्ता संघले बिहीबार नेपाल धितोपत्र बोर्डलाई उक्त मागसहितको पत्र लेखेका हुन् ।