काठमाडौं । रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ। दुबै कम्पनी जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशनको लागि धितोपत्र बोर्ड पुगेको हो।
काठमाडौं । अजोड इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) असार २५ गतेदेखि बिक्रि खुला हुने भएको छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाठौं । साधना लघुवित्तको आईपीओ आज (असार २१ गते) देखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौ। एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २० गते शनिबार नै बाँडफाँड हुने भएको छ । लघुवित्तको आईपिओ विहान साढे ९ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।
काठमाडौं । सेयर बजार आजबाट खुल्ने भएको छ ।नेपाल स्टक एक्सचेञ्जको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले लकडाउन अघिकै नियममा शेयर बजार खोल्ने निर्णय गरेको हो ।
काठमाडौं । साधना लघुवित्तले असार २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी धितोपत्र कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।