काठमाडौं । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई आजका मितिबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको छ । आज एक कार्यक्रम गरेर दुवै संस्थाले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन ।