काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म नगद लाभांश वितरण गर्न पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले गत आवको वितरण योग्य मुनाफाबाट ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको हो ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरि सांगि्रला सेयर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा शेयर खरीद अगाडि नै कर्जा सीमा प्रदान गरिनेे तथा आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।
काठमाडौं । श्रीराम सुगर मिलको सेयर कारोबार रोक्का गरिएको छ । सिल स्थायी रुपमा बन्द हुने भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको सेयर कारोबार रोक्का गरेको हो ।
काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम जारी पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न साउन ९ गते विवरण पत्र प्रकाशित गरेको छ ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७५ ७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । सेयर कारोबार आज आइतबारका लागि बन्द भएको छ । नेप्से ६℅ ले बढेपछि तेस्रो सकारात्मक सर्किट ब्रेकर लागेको हो । यसँसगै दिनभरका लागि सेयर कारोबार बन्द भएको छ ।