नागरिक लगानीकोषको नाफा १३७ प्रतिशतले बढ्यो |
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको छ महिनामा १३७.१६ प्रतिशतले नाफा बढाएको छ । कोषले १९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट १२० प्रतिशत आम्दानी बृद्धि गरेको हो । यस्तो आम्दानी ३५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
