ब्रोकरसँग छलफलपछि धितोपत्र बोर्डले भन्यो, ‘संयमित हुनुहोस्’ |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज ब्रोकरहरु सँग छलफल गरेको छ । छलफलमा बोर्डले ब्रोकरहरुलाई संयमित भएर अघि बढ्न आग्रह गरेको छ । पुँजी बजार सुधारका काम अघि बढिरहेको सन्दर्भमा कँही कतै भ्रम वा दुविधा भएमा छलफल र सहकार्यका माध्यमबाट अघि बढ्न सक्नेतर्फ पनि बोर्डले ध्यानाकर्षण गराएको छ ।
