प्रिमियर इन्स्योरेन्सको नाफा ८ प्रतिशतले बढ्यो |
काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८ दशमलव ७९ प्रतिशतले बढेको हो । गत बर्षको सोहो अवधिमा प्रिमियर इन्स्योरेन्सले नाफा ५ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।
