माउन्टेन हाइड्रोलाई १८ लाख १६ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति |
काठमाडौं । माउन्टेन हाइड्रो नेपालले सर्वसाधारणलाई आईपीओ विक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ लाख १६ हजार ११० कित्ता आईपीओ विक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।
