काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक हकप्रद शेयर निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग्दै बैंकले असार ४ गते आवेदन दिएको हो ।
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको आइतबार सम्पन्न वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । होटल इच्छा सिमरा, बारामा सम्पन्न १९ औं वार्षिक साधारण सभा लाभांश पारित गरेको हो ।
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले १० बर्षको बार्षिक साधारण गर्ने तयारी गरेको छ । करिब १ दशकको वार्षिक साधारणसभा गर्न बाँकि रहेको राष्ट्रिय बीमा कम्पनीले साधारण सभा बोलाउने तयारी गरेको हो ।