काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको हिजो सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । लघुवित्तलाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हो ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को दश महिनासम्ममा नेपाल धितोपत्र बोर्डले कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ भने ३ खर्ब २७ अर्बको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् ।
काठमाडौं । शिखर इन्सुरेन्स कम्पनीले ३०% हकप्रद बिक्री गर्ने अनुमति मागेको छ । कम्पनीले १०ː३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।