काठमाडौं । बुधबार नेप्से सूचकका साथै कारोबार रकममा समेत गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ७९ अंकले बढेको नेप्से सूचक बुधबार पुन: ५१ अंकले घटेको हो।
काठमाडौं । लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो ।
काठमाडौं । सिद्धार्थ क्यापिटलले खुलामुखी म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले सिदार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम नामक योजना निष्काशन गर्न लागेको हो ।
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक हकप्रद शेयर निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग्दै बैंकले असार ४ गते आवेदन दिएको हो ।