काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। भदौ १४ गते (आज) सम्म आवेदन दिन सकिने व्यवस्था रहेको सो आईपीओमा यस दिन सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको हो।