काठमाडौं । विकास बैङ्कहरूको नाफा बढेर ६ अर्ब ८ करोड माथि पुगेको छ । हालैमात्र बैङ्कहरूले जारी गरेको वार्षिक रिपोर्ट अनुसार विकास बैङ्कको नाफा अघिल्लो आर्थिक वर्ष २०७६∕७७ को तुलनामा गत आर्थिक वर्ष २०७७∕७८ मा करिब ६० प्रतिशतले नै वृद्धि भएर कुल ६ अर्ब ८ करोड २८ लाख ७१ हजार रुपैयाँ पुगेको हो ।