काठमाडौं । साताको पहिलो दिन आइतबार झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६ सय ५३ दशमलव ७० अंकमा झरेको हो ।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा करिब २६ लाखको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लाेवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ वटा आवेदनबाट तीन अर्ब बढीको शेयर माग भएको हो ।
काठमाडौं । सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ गते चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले रेडिसन होटल, काठमाडौंमा साधारणसभा आह्वान गरेको हो । साधारणसभा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले फागुन ५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।
काठमाडौं । बिहीवार नेप्सेले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको प्रस्तावित १८ दशमलव ५३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।