नेष्डो समृद्ध लघुवित्तको आईपीओमा २६ लाखको आवेदन |
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा करिब २६ लाखको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लाेवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ वटा आवेदनबाट तीन अर्ब बढीको शेयर माग भएको हो ।
करिब २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई छुट्टाएको ७ लाख ७४ हजार ५६३ कित्ताको ३८.८८ गुणा बढी हो ।
सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।


