काठमाडौं । बुधबार नेप्से परिसूचक १५.५० अंक घटेर २७२०.४३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ आज फागुन ११ गते बुधबारबाट बिक्री खुला भएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो ।
काठमाडौं । अजोड इन्सुरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको शुक्रबार (फागुन ६ गते) बसेको साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकको लामो समयदेखि स्थगित साधारणसभा आगामी १३ गते बस्ने भएको छ । आन्तरिक विवाद र अदालतको आदेका कारण बैंकको साधारणसभा पटक पटक स्थगित हुँदै आएको थियो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीको वर्गीकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ । नेप्सेले फागुन २३ गतेसम्म कार्यालय समयभित्र आइपुग्ने गरी आवश्यक विवरण बुझाउन अनुरोध गरेको छ ।
काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो ।
काठमाडौं । भारत सरकारद्वारा सञ्चालित लाइफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डिया (एलआइसी) ले आफ्नो मेगा आइपीओमा ७५ लाखदेखि १ करोड रिटेल लगानीकर्ताले आवेदन दिने अनुमान गरेको छ ।
काठमाडौं । पुस मसान्तसम्म आइपुग्दा लघुवित्त कम्पनीहरुले समग्रमा ६ अर्ब ६ करोड ८९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको भन्दा ३६.७२% ले बढी हो ।