काठमाडौं । समता घरेलु लघुवित्तले एफपीओ निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यी दुई संस्थाबीच नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ ।
काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशन दिइएको छ ।
काठमाडौं । दैनिक रुपमा हीतग्राही (डिम्याट)खाता खोलेर शेयर बजार प्रवेश गर्ने लगानीकर्ताको सङ्ख्या सोमबारसम्म ५० लाख नाघेको छ। गएको एक महिनामा मात्रै एक लाख ७५ हजार भन्दा बढी लगानीकर्ताको प्रवेश सँगै उक्त सङ्ख्या नाघेको हो।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान १०:३० बजे शुरु हुने जानकारी गराएको हो ।
भारतीय बजार नियामक निकायमा पहिलो पटक महिला अध्यक्ष भएकी छिन् । भारतको अर्थ मन्त्रालयले सेबीको अध्यक्षमा माधवी पुरी बुचलाई नियुक्त गरेको छ । सुरुवातमा तीन वर्ष कार्यकालका लागि उनको नियुक्त गरिएको हो ।
काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ६.६५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ६८४ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (फागुन १५ गते) अन्तिम दिन हो । फागुन ३० गते साधारण सभा डाकेको कम्पनीले सोमबार (फागुन १६ गते) बुक क्लोज गर्दैछ ।