काठमाडौं । बिहीबार सुरुवाती समयमा उच्च अंकले बढेर २१५६ विन्दुसम्म पुगेको नेप्से सूचक साढे २ बजेपछि बजारमा बिक्री कर्ता हाबी हुँदा सूचक २१०७ विन्दुसम्म झरेको थियो।
काठमाडौं । नागरिक लगानी कोषले साधारण सभा प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले २७ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ साउन २५ गते, बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा ४३.७७% ले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन गर्न लागेको हो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १०.०५% ले बढी हो ।