काठमाडौं । कुमारी बैंकले भदौ १७ गतेबाट ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १२ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ ।