एनआइबीएल सहभागिता फन्डको लाभांश घोषणा |
काठमाडौं । एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ७.२०% का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ ।
क्यापिटलका अनुसार बिहीबार (भदौ ९ गते) गते बुक क्लोज भएको छ । तसर्थ, भदौ ८ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।
Visited 1 times, 1 visit(s) today


