हिमाल दोलखा हाइड्रोलाई ७५% हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति |
काठमाडौं । विद्युत नियमन आयोगले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ । आयोगले हिमाल दोलखालाई १ः०.७५% अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो ।
कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो ।
हिमाल दोलखाले माग गरे अनुसार नै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो । यद्दपि, कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ ।

