काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
काठमाडौं । सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोरानाबाट प्रत्यक्ष असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने बताएका छन् ।
वीरगञ्ज । आन्तरिक राजश्व कार्यालय पर्साले गत आर्थिक वर्ष ०७७∕०७८ मा लक्ष्य भन्दा १७ प्रतिशत कम राजश्व संकलन गरेको छ । कार्यालयले असार मसान्तसम्म ८ अर्ब १४ करोड २१ लाख १ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ८२.९४ प्रतिशत हो ।
काठमाडौं । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणको कारण ४३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।