बुटवल । रुपन्देहीको एक गैर सरकारी संस्थाले कोभिड-१९ संक्रमण नियन्त्रण र उपचारमा प्रयोग हुने साढे १० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अमेरिकाबाट नेपाल ल्याएको छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। आज सर्वोच्च अदालतको आदेशबाट पुनːस्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ । सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् ।
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।