थप २७१४ जना कोरोना भाइरस संक्रमण, २४ को मृत्यु |
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न४ प्रयोगशालामा गरिएको ९ हजार १२२ जनाको पीसीआर परीक्षणबाट १ हजार ८५५ र ३ हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जना गरी जम्मा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबार कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २८८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।



