काठमाडौं । केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ ।
बुटवल । दाउन्नेमा बुधबार बिहान १० बजेबाट सुरु भएको जाम अहिले साँझ ९ बजेसम्म पनि खुलेको छैन । राजमार्गमा खाल्डै खाल्डा भएको र ठाउँठाउँमा गाडी बिग्रिएकाले राजमार्ग अवरुद्ध भएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बीस अर्ब रूपैयाँ बराबरको तरलता वित्तीय प्रणालीमा पठाँउदै छ । रिपो मार्फत केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ तरलता वित्तीय विहीबार प्रणालीमा पठाउने भएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ४४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार ५ हजार ४०७ पीसीआर परीक्षणमध्ये ३८७ जनामा र एक हजार ४०७ एन्टिजेन परीक्षणमध्ये ५३ जनामा संक्रमण पाइएको हो ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।