काठमाडौं । रुपन्देहीको पिछडिएको क्षेत्र मानिने मर्चवारमा लुम्बिनी प्रदेश सरकारले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले भारतसँगको सीमा क्षेत्रमा पर्ने मर्चवारमा छिटै प्राविधिक शिक्षालय खोल्ने बताए ।