विश्वको चर्चित म्यागजिन फोब्र्सले प्रकाशित गरेको १०० शक्तिशाली महिलाको सूचीमा म्याकेन्जी स्कट पहिलो स्थानमा परेकी छिन् । म्याकेन्जी स्कट विश्वको दोस्रो धनी व्यक्ति अमेजन समूहका मालिक जेफ बेजोसकी पूर्व पत्नी हुन् । सन् २०१९ मा दुवैको सम्बन्धविच्छेद भयो ।