जनकपुरधाम । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनासँग सम्वन्धित अधुरा आयोजनाहरु चालु आर्थिक वर्षमै सम्पन्न गर्न निर्देशन दिएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन परियोजना कार्यालय जनकपुर र मातहतका खानेपानी कार्यालयका प्रमुखहरुलाई आइतबार निर्देशन दिँदै यस्तो बताएका हुन ।
काठमाडौं । विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगबाट बनेका दुई वटा अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन् । सातवटै प्रदेशका प्रादेशिक अस्पतालमा सो बैंकको सहयोगमा प्लान्ट बनाउन थालिएको थियो ।
काठमाडौं । नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो।
कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।
बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ ।
काठमाडौं । ‘नीतिगत रुपमा बलियो छौं तर, समाबेशी शिक्षा व्यवहारतः लागु छैन ।’ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०२१ को सन्दर्भ पारी राज्य पुनːसंरचना पश्चात समावेशी शिक्षाको अवस्था विषयक राष्ट्रिय संवाद कार्यक्रममा अधिकांश वक्ताहरुको एकमुष्ठ आवाज हो यो ।