काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले आह्वान गरेको ठेक्कामा सहभागी ९मध्ये ८ वटाले आर्थिक प्रतिस्पर्धा गर्दा आशिष समानान्तर रेलिगेयर जेभीले करिब १७ करोड रुपेयाँमा ठेक्का पाएको हो ।
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।
काठमाडौं । सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाका लागि व्यवसायी एकजुट हुने भएका छन् । उनीहरूले पेसागत एक्यबद्धता नभएसम्म व्यवसायिक सुरक्षा प्रदान नहुने भएकाले एकजुट हुने भएका हुन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिँदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री परराष्ट्र मन्त्रालयमार्फत त्यसतर्फ पठाएको हो ।
काठमाडौं । व्यवसायी आनन्द राज बतास तथा बतास अर्गनाईजेसन् माथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धि विवादमा व्यवसायी माथि एक तर्फी प्रहार भएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बताएको छ ।
काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमितको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।