न्यादी हाइड्रोको ३० मेगावाट प्रोजेक्ट सम्पन्न, राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै |
काठमाडौं । लमजुङ्ग जिल्लाको न्यादी खोलामा बनेको न्यादी हाइड्रोपावरको निर्माण प्रक्रिया सम्पन्न भएको छ । ३० मेगावाटको उक्त प्रोजेक्टबाटबाट विद्युत उत्पादन सुरु भैसकेको र राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रक्रियामा रहेको जानकारी दिँदै कम्पनीका वित्त प्रमुख सुदिप मान श्रेष्ठले छिट्टै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भैरहेको बताएका हुन्।
आइपिओ जारी गर्ने बेलामा कम्पनीले प्रकाशन गरेको प्रोस्पेक्टसमा आर्थिक वर्ष २०७८/७९ मा ७५ करोड हाराहारीको विद्युत बिक्री हुने प्रक्षेपण गरिएको थियो। त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ९३ करोड बराबरको र ०८०/०८१ मा ९६ करोडको विद्युत बिक्रि हुने प्रक्षेपण कम्पनीले गरेको छ। त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा १ रुपैयाँ ९६ पैसा प्रति सेयर आम्दानी हुने र आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा पुग्ने र आर्थिक वर्ष २०८०/८१ मा प्रतिसेयर आम्दानी १६ रुपैंयाँ ७९ पैसा पुग्ने पनि कम्पनीले प्रक्षेपण गरेको छ।


