काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि राजदुत शेद हैदर शाह समक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजिकरणका लागि काठमाडौं कराँचीबीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको हो ।
काठमाडौं । देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ । यस्तै, सामुदायिकतर्फका ग्राहकको सङ्ख्या पाँच लाख ५० हजार बराबर पुगेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा १६ प्रतिशतमात्रै बजेट खर्च भएको छ। अर्थमन्त्रालयले बजेट खर्च बढाउन बारम्बार अन्य मन्त्रालयहरुलाई ताकेता गर्दै आए पनि खर्च बढाउन असफल भएको छ।
काठमाडौँ। पशुपति विकास कोष विरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। उच्च अदालत पाटनमा आइतबार भएको सुनुवाइ पछि न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले यस्तो फैसला गरेको हो।
काठमाडौं । दक्षिण एसियाली महिला विकास मञ्चले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपालमा महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिनको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक (केएफडब्लु) रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।
काठमाडौं । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन् ।
धनुषा । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
काठमाडौं । अन्तिराष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालामा पनि सुनको भाउ लगातार बढ्न थालेको छ। नेपालामा आइतबार सुनको भाउ एकैदिन १५०० रुपैयाँले बढेको छ।