काठमान्डौ । महानायक राजेश हमालले नवलपरासीस्थित आफ्नो पुख्र्यौली सम्पत्तिमध्ये २ करोड मूल्य बराबरको जग्गा घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई प्रदान गरेका छन् । तीन पुस्तादेखि घरेलु काममा सहयोग गर्नेहरुलाई उनले जग्गा प्रदान गरेका हुन् ।
काठमाडौं । ‘सानाकिसानको सम्बृद्धिː कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ यहि फागुन १६ र १७ गते सानाकिसान सम्मेलन २०७५ को आयोजना हुदैछ । प्रधानमन्त्री केपीशर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं । भारतले पाकिस्तानी भूमिमा बम खसालेको छ । भारतीय संचार माध्यमले पुलवामा आक्रमणको बदला स्वरुप भारतले पाकिस्तान विरुद्ध ‘सर्जिकल स्ट्राइक’ गरेको बताएको छ ।
काठमाडौं । नेपाल वायु सेवा निगमले विभिन्न पदमा १ सय ७४ जना कर्मचारी माग गरेको छ । निगमले शुक्रबार विज्ञापन आह्वान गर्दै सो संख्यामा कर्मचारी माग गरेको हो ।
दाङ । दाङको बबई गाउँपालिका–६ पञ्चकुलेमा रहेको कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
काठमाडौ । सुदूरपश्चिम प्रदेशको दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण हुने भएको छ । चमेलिया नदीमा पहिचान भएको आयोजना अपि पावरको सहायक कम्पनी अपि चमेलिया पावर कम्पनीले निर्माण गर्ने भएको हो ।