समाचार
गौरिकाले १२ स्वर्ण जितिन् |
काठमाडौं । ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।




