विराटनगर । सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउण्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ उड्ने क्रममा सोमवार बिहान ८ः३० बजे उक्त जहाजमा चरा ठोक्किएको थियो ।
रसुवा । रसुवा जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो खस्दा शनिवार राति दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं । गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरेको छ ।
दोलखा । दोलखाको उत्तरी क्षेत्र सिंगटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा राष्ट्रिय गौरवको आयोजना तामाकोशीलगायत पुनः निर्माणको कामसमेत अलपत्र परेको छ ।
काठमाडौं । सरकारले ४५ किलोमिटर लामो नागढुङ्गा–धुलिखेल मोनो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि प्रारम्भिक रूपमा ६ वटा कम्पनी छनोट गरेको छ ।