पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहलाई कर बढाउन हतार नगर्न र आगामी वर्षदेखि मात्र बढाउन आग्रह गरेका छन् । उनले पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका अवसरमा त्यस्तो आग्रह गरेका हुन् ।
काठमाडौं । बेनी–जोमसोम सडक एक हप्तापछि खुलेको छ । उक्त सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट खण्डमा सडक रघुगंगा नदीले यही भदौ २७ गते करीब ३० मीटर सडक बगाएर अवरुद्द भएको थियो ।
एजेन्सी⁄इस्लामाबाद । पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेपछि कैद काटिरहेका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न आदेश दिएको छ ।
काठमाडौं । सरकारले संविधान दिवशको अवसर पारेर देश विकासमा विशिष्ट योगदान दिएका तथा आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक घोषणा गरेको छ ।