चीन । चीनमा सोमबार राति गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार हालसम्म करिब २ सय मानिस घाइते भएका छन् ।
काठमाडौं । इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ र १० विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएका छन् ।
काठमाडौं । सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तुको आयातमा र प्रयोगमा कडाइ गर्ने भएको छ । आयात बढ्दै गएको र सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्च अवस्थामा पुगेपछि सरकारले विलासी वस्तु आयातमा कडाइ गरेको हो ।
काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे उल्टो र भ्रमपूर्ण कुराको प्रचार गरिएको बताएका छन् । मंगलबार सिंहदरबामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले गुठीको संरक्षणका लागि विधेयक ल्याइएको बताए ।
काठमाडौं । लोकसेवा आयोगले आवेदन दिने समय एक हप्ताको लागि थप गरेको छ । आयोगको मंगलबार बसेको बोर्ड बैठकले ७ दिने समय थप गरे पछि असार १० गते सम्म निबेदन दिन पाउने भएको हो ।
काठमाडौं । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।