सवारीसाधनमाथि कारबाही तीव्र |
जनकपुरधाम (अस) । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्राफिक कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयले नियमविपरीत चलाउने सवारीसाधनका कारण बढ्दो सडक दुर्घटना रोक्न तथा व्यवस्थित पार्किङका लागि विशेष कारबाही शुरू गरेको हो ।


