काठमाडौं । दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।
काठमाडौंं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी उद्योग स्थापना गर्न आग्रह गरेकी छिन् । संमृद्व देश निर्माणका लागि सहकारीले हरेक स्थानीय तहमा उद्योग खोल्न आवश्यक भइसकेको उनको भनाइ छ ।
काठमाडौं । मानव संसाधन समाज नेपालले वार्षिकरुपमा प्रदान गर्ने एचआर म्यानेजर अफ दि ईयर यो वर्ष डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरी घोषित भएका छन् ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज १४ गतेबाट वितरण गर्ने तयारी गरेको छ । गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुने छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ
केही दिनअघि सामाजिक सञ्जालमा भारतको एउटा भिडिओ ’भाइरल’ भएको थियो । स्कुल जाँदै गरेका एक जना बालक र बालिकाले आफ्नो झोला बोकेरै गरेका ’जिम्न्यास्टिक’को भिडिओले धेरैको ध्यान खिच्यो ।
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्यारउने भनेर पठाएको चन्द्रयान–२ को सम्पर्कविहीन भएक भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए ।
काठमाडौं । देशका विभिन्न ठाउँमा डेंगीको प्रकोप देखिएपछि स्वास्थ्य संस्थाहरूबाट अध्याधिक मात्रामा र्यानपिड डायनोस्टिक टेस्ट किट (आरडिटी) को माग भइराखेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किटमा मात्रै भर नपर्न आग्रह गरेको छ ।
काठमाडौं । ऋण सम्झौता भएको १० वर्षसम्म पनि काम नभएपछि विमानस्थल क्षमता विस्तार आयोजनाबाट एसियाली विकास बैंक बाहिरिएको छ । बैंकले पुरानो ऋण सम्झौता नवीकरण नगरेपछि उक्त आयोजनाबाट बाहिरिएको हो ।