काठमाडौं । नेपाल उद्योग परिसंघले भदौं २५ र २६ गते काठमाडौंमा पूर्वाधार सम्मेलन गर्ने भएको छ । सम्मेलनमा लगानी बोर्डको २१ र प्रदेशस्तरका ८२ वटा आयोजना शोकेस गरिने परिसंघले जनाएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले संघीय संसद अर्थ समितिका सभापती कृष्ण प्रसाद दहालसंग भेट गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन– २०५२ लाई शंसोधन गर्न बनेको बिधेयक माथी सुझाव दिएको छ ।
काठमाडौं । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालमा पर्यटक भित्र्याउने एउटा महत्वपूर्ण माध्यम हवाई सेवा रहेको परिप्रेक्षमा सहजरुपमा पर्यटक भित्र्याउन सलाम एयरले आफ्नो काठमाडौं उडानमा हालको हप्ताको तीन दिनबाट बढाएर सातै दिन उडान शुरु गर्ने
काठमाडौं । नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । राजधानीको याक एण्ड यति होटलमा चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा सो हस्ताक्षर भएको हो ।
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको पर्यटकीय गन्तब्य चन्द्रागिरि भ्रमण गरेका छन् । यी लाई आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र संचालक अम्बिकाप्रसाद पौडेलले स्वागत गरेका थिए ।
काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीद्वयले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन काठमाडौं र दिल्लीबाट संयुक्त रूपमा बटम थिचेर गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट मंगलबार एकसाथ बटम थिचेर उद्घाटन गरेका हुन् ।
काठमाडौं । यु–१९ एसिया कपको अन्तिम खेलमा नेपालले युएईविरुद्ध शानदार जित निकालेको छ । सुरुवाती दुई खेलमा पराजित हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि यो सान्त्वना जितमात्र हो ।
काठमाडौं । हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्ष पदमा मञ्जु बज्राचार्य चयन भएकी छन् । चेम्बरको विधिवत रूपमा सम्पन्न प्रथम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन भएको हो ।
काठमाडौं । भोली मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने भएको छ । मङ्गलबार नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादबले जानकारी दिएकका छन् ।