काठमाडौं । अर्घाखाँची चेम्बर अफ कमर्सको सन्धिखर्कमा सम्पन्न स्थापना दिवस, साधारण सभा एंव प्रथम अधिवेशनमा अशोक कुमार श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठ सहित कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् ।
मेलम्ची । मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन बिहीबार खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ ।
काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो ।
काठमाडौं । सरकारले भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीहरुलाई बुधबार बोलाएको छ । व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगबहादुर हमालले जानकारी दिए ।
काठमाडौं । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ ।
काठमाडौं । सरकारले सबै थ्री फेज मिटरलाई स्मार्ट बनाउने भएको छ । औद्योगिक र व्यवसायिक प्रयोजनमा थ्री फेज लाइन जोडेका ग्राहकको मिटर नेपाल विद्युत प्राधिकरणले स्मार्ट बनाउन लागेको हो ।
काठमाडौं । नेपाल वायुसेवा निगमले एक दशकपछि विहिबारदेखि जापान उडान शुरु गरेको छ । विहिबार विहान साढे दुई बजे १ सय ५१ जना यात्रुसहित ओशाका उडान गरेको हो ।