हेटौंडा । प्रदेश ३ सरकारले १३औं दक्षिण एशीयाली खेलकुद (साग) पदक जित्ने प्रदेशभित्रका खेलाडीहरुलाई नगद पुरस्कार दिने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सागका स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ५० हजार र कास्य विजेतालाई २५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।