बुटवल । कतिपय स्थानीय तहहरुबीच स्रोतसाधनको उपयोगको विषयमा विवाद र खिचातानी छ । तर, रुपन्देही र कास्कीसम्मका स्थानीय तहहरु भने समृद्धिका लागि सामूहिक पहल गर्ने प्रतिबद्धतासहित संगठित भएका छन् ।
काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले शिलबन्दी गरेको आरके ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि वढनुपर्ने बताएका छन् ।
काठमाडौ । सर्वोच्च अदालतले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण काम यथास्थितिमा राख्न आदेश जारी गरेको छ । न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले आज बारामा निमार्णाधीन विमानस्थलमा निर्माण प्रक्रिया यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।
भैरहवा । रुपन्देहीमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बालापुरस्थित आफ्नै घरको कोठाभित्र छोराले बृद्ध बाबुआमाको हत्या गरेका हुन् ।
काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन् ।
काठमाडौं । असार मसान्तसम्म एउटा वाणिज्य बैंकले ५ सय वटा सहुलियत कर्जा दिनैपर्ने भएको छ । बैंकहरुले सहुलियतपूर्ण कर्जा दिन आनाकानी गरेपछि राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको अघिल्लो निर्वाचनमा एकै प्यानलबाट उपाध्यक्षमा निर्वा्चित भएका कृष्ण प्रसाद दुलाल र प्रकाश कपुरी अध्यक्षमा भिड्ने भएका छन् । दुलाल पहिलेदेखि नै अध्यक्षको आकांक्षि थिए भने कपुरीले अन्तिम समय अध्यक्षमा उमेद्वारी दिने घोषण गरे ।
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)का लागि आवेदन खुला भएको छ। अहिले कार्यकारी रहेका दिपकराज जोशीको कार्यकाल सकिन लागेपछि नयाँ सिइओ छनौटको प्रक्रिया अघि बढेको हो ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७६∕७६ को सुरुवातदेखि नै नेपालको आयात घटिरहेको छ भने निर्यात बढिरहेको छ । आयात घट्नुमा सरकारले लिएका नीतिहरुको प्रभाव भए पनि निर्यात बढ्नुको प्रमुख कारण चाहिँ पाम आयल हो ।