भारतमा क्वारेन्टाईनमा राखिएको एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन् । लकडाउनका बीच राजस्थानको एक विद्यालयमा उनलाई एक रातका लागि क्वारेन्टाईनमा राख्ने क्रममा उनीमाथि सामुहिक बलात्कार भएको हो । यो पछिल्लो साताको घटना भएको संचारमाध्यमले जनाएका छन् ।