काठमाडौं । चीनले कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र जाँचको माग अस्वीकार गरेको छ । बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै उक्त माग अस्वीकार गरेका हुन् । उनले कोरोना भाइरविरुद्ध चीनको लडाइँ कमजोर बनाउने कोसिस अन्तर्गत यस्तो माग राखिएको बताए ।