काठमाडौं । कालापानी नजिक दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो ।
काठमाडौं । लिपुलेकमा भारतले गरेको सीमा अतिक्रमविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय जनमोर्चाका १३ जना नेता∕कार्यकर्ता मंगलबार पक्राउ परेका छन् ।
काठमाडौँ । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । भारतले नेपालको भूमि अतिक्रमण गरेका विरोधमा मंगलबार दिउँसो राजधानी काठमाडौँमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेकी हुन् ।
काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।
कोरोनाभाइरस महामारीको ‘ग्राउन्ड जिरो’ ऊहान शहरमा चीनले १० दिनभित्र सहरका सबै नागरिकको कोभिड–१९ परीक्षण गर्ने भएको छ । संक्रमणको सम्भावित दोस्रो लहरलाई रोक्न यो कदम लिन लागिएको हो ।
काठमाडौं । नेपालमा आज बुधबार थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित कपिलवस्तु, कपिलवस्तु नगरपालिका ५का २२ वर्षिय पुरुष र बाँके,नेपालगंजका ३६ वर्षिय पुरुष हुन् ।